माघ–२८, नेपाल शिक्षक संघ खोटाङको सातौं जिल्ला अधिवेशनबाट आगामी फागुन ९ गतेबाट काठमाडौंमा हुने केन्द्रीय महाधिबेशनका लागि चार जना प्रतिनिधि समेत छनौट गरेको छ । 
सदरमुकाम दिक्तेलस्थित सरस्वति उच्च माविको सभाहलमा भएको संघको अधिबेशनबाट मुना थापा, जसबहादुर तामाङ, शरणकुमार राई र केशवकुमार कार्कीलाई केन्द्रीय प्रतिनिधिमा छनौट गेको हो । 
संघको सातौं जिल्ला अधिबेशन पूर्व अध्यक्ष राजनशेर राईको सभापतित्व तथा केन्द्रीय सदस्य गोकर्ण बानियाँको प्रमुख आतिथ्यमा शुक्रबार उद्घाटन भएको थियो ।