फागुन–४, खोटाङको खिदीमा गाबिस वडा नं.३ मा भएका सबै ३९ घरमा वाटरशील चर्पी तथा धुवाँरहित चुल्हो निर्माण सम्पन्न भएपछि खुल्ला दिशामुक्त तथा धुवाँरहित वडा घोषणा गरिएको छ । 
आगामी २०७० सालसम्ममा गाविसलाई खुल्ला दिशामुक्त तथा धुवाँरहित क्षेत्र घोषणा गर्ने लक्ष्यकासाथ वडालाई खुल्ला दिशामुक्त तथा धुवाँरहित क्षेत्र घोषणा गरिएको स्थानीय समराज राईले जानकारी दिनुभयो । 
यसअघि खिदीमा–२ लाई पनि खुल्ला दिशामुक्त तथा धुवाँरहित क्षेत्र घोषणा गरिसकिएको छ । खानेपानी तथा सरसफाई सवडिभिजन कार्यालयका प्राविधिक सुर्य बिसी, गाविस सचिव सुरेशकुमार राई, रिमरेकका जिल्ला प्राविधिक सुधन भुजेल, जैविक उर्जा खोटाङका सामाजिक परिचालक चित्रप्रसाद आचार्य लगायतको उपस्थितिमा वडालाई खुल्ला दिशामुक्त एवं धुवाँरहित क्षेत्र घोषणा गरिएको हो ।