फागुन–१०, आफन्तले नै गाउ“ निकाला गरेपछि खोटाङको बडहरेका एक महिलाले प्रशासनसमक्ष सहयोगकालागि आग्रह गरेकी छन् ।

पश्चिमी गाविस बडहरे–४ की ३१ वर्षीया कल्पना कट्वालले आफन्त नीर्प कट्वाल, हिरा कट्वाल, जोख बहादुर बस्नेत, शेरबहादुर बस्नेत र भद्रबहादुर बस्नेत लगायतले गाउ“ निकाला गरेको भन्दै प्रमुख जिल्ला अधिकारी दीपकराज नेपाल समक्ष बिहीबार सहयोगकालागि गुहार माग्नु भएको छ ।

व्यक्तीगत आचरणको विषयलाई लिएर आफन्तले माघ–१७ गते गाउ“ निकाला गरेको कल्पनाले बताउनु भयो । गाउँकै स्थानीय कालिका महादेवस्थान प्राविमा राहत कोठामा कार्यरत कट्वाललाई गाउँबाट निकाल्नकालागि विद्यालयबाट अबकास समेत गरेका छन् । शिक्षा कार्यालयले भने स्थानीयको गैरकानुनी गतिविधि गरेको भन्दै अवकास प्राप्त कटवाललाई बडहरेकै लक्ष्मी मावि खोक्सेलीमा राहत कोटामै काजमा पठाएको छ ।

यी दुबै विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष भद्रबहादुर नै भएकाले काम गर्न असहज भएको भन्दै कट्वालले विद्यालयमा जान नसकेको बताउनु भयो । दुबै विद्यालय व्यवस्थापन समिति अध्यक्ष भद्रबहादुर दुर्छिम गाविस सचिव पनि हुन् ।

यसबारे जिल्ला प्रहरी कार्यालय दिक्तेलमा उजुरी परेपछि पिडितहरुले बुधबार माफी माग्दै माघ–१७ गतेदेखि बिस्थापित बनेर माईतीका शरणमा बस्दै आएकी कल्पनालाई गाउ“मै पुनस्थापना गर्ने सर्तमा मिलापत्र गरेका छन् । पिडित महिलाका श्रीमानले दोश्रो बिबाह गरेका छन् ।

जिल्लास्थित महिला अधिकारवादीहरूसहित प्रशासन पुगेकी कल्पनालाई प्रमुख जिल्ला अधिकारी नेपालले पिडितपक्षलाई बोलाएर विस्तृत कुरा बुझेर न्याय दिने बचन दिएका छन् ।

जिल्लास्थित महिला मानवअधिकार रक्षक सञ्जालकी अध्यक्ष पूर्णमाया तामाङले दोषीलाई कारबाही गर्न प्रजिअसमक्ष माग गर्नु भएको छ ।