फागुन–१५, खोटाङको हलेसीमा वौद्ध धर्मावलम्बीहरुको ‘विश्व शान्ति’ सम्मेलन शुरु भएको छ । विश्वभर शान्तिको कामना गर्दै हलेसीमा वौद्धमार्गीहरुको विश्व शान्ति सम्मेलन शुरु भएको हो ।

फागुन–२४ गतेसम्म चल्ने विश्व शान्ति सम्मेलनमा नेपाल, भुटान, चिन, भारत लगायत विश्वभरका ८ हजार वौद्धमार्गीहरुको सहभागीता रहेको हलेसी महादेवस्थानस्थित मारातिका ताप्तेन छोलिङ गुम्बाका महासचिव सोनाम शेर्पाले बताउनुभयो ।

ट्याङबोचे रिम्पोछे, सक्से रिम्पोछे लगायतका वौद्ध धर्मावलम्बीहरुका धर्म गुरुहरुको उपस्थितिमा हलेसीमा दैनिक शान्तिको कामना गर्दै पूजाआजा गर्ने क्रम चलिरहेको छ ।

सम्मेलन शुरु भएसँगै हलेसी क्षेत्रका होटल तथा पसलहरुमा मानिसको बाक्लो भिड लागेको छ । सम्मेलनलाई मध्येनजर गर्दै मन्दिर व्यवस्थापन समितिले पनि आगन्तुक पर्यटकहरुको स्वागतमा चोक÷चोकमा स्वेम् सेवकहरु परिचालन गरेको छ ।