फागुन–१६, दुर्गम ठाउँका सर्वसाधारणको स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान पु¥याएकोमा खोटाङका तीन जना महिला स्वास्थ्य स्वयंसेबिकाहरु पुरस्कृत भएका छन् । 
आर्थिक तथा भौगोलिक कठीनाईका बावजुद पनि दुर्गममा बसेर सर्वसाधारणको स्वास्थ्य सेवामा पु¥याएको योगदानको कदर गर्दै कनककुमारी स्मृति प्रतिष्ठानले खार्पा स्वास्थ्यचौकीका महिला स्वास्थ्य स्वयंसेबिका शोभा नेपाली, जलेश्वरी स्वास्थ्यचौकीका महिला स्वास्थ्य स्वयंसेबिका जुनमायाँ तामाङ र डाँडागाउँओख्रे स्वास्थ्यचौकीका महिला स्वास्थ्य स्वयंसेबिका बालकुमारी सिग्देललाई ‘महिला स्वास्थ्य स्वयंसेबिका’ पुरस्कारबाट पुरस्कृत गरेको हो ।
वर्षभरी उत्कृष्ट सेवा प्रदान गरेवापत उहाँहरुलाई मंगलबार खार्पास्थित शारदा उच्च माबिमा आयोजना गरिएको एक कार्यक्रमकाबीच जनही ५ हजार राशीको उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेबिका पुरस्कार प्रदान गरिएको प्रतिष्ठानका उपाध्यक्ष रमेश पोखरेलले जानकारी दिनु भयो । 
प्रतिष्ठानले जिल्लाका सरकारी बिद्यालयबाट एसएलसि उत्तिर्ण गरी स्वास्थ्य बिषयमा अध्यायन गरिरहेका छात्रालाई पनि कनककुमारी ‘पोखरेल स्वास्थ्य शिक्षा छात्रबृत्ति’ प्रदान गरेको छ । 
हाल काठमाडौंको मोडल कजेलमा स्टाफ नर्स अध्यायन गरिरहनु भएका बुईपा–३ का सम्झना राईलाई १२ हजार राशीको छात्रबृत्ति प्रदान गरिएको हो । यस्तै, शारदा उच्च माबि खार्पाका कक्षा ११ मा अध्यायनरत सुनिता तोलाङ्गे र कक्षा १२ मा अध्ययनरत ढकमान राईलाई पनि पाँच–पाँच हजार राशीको ‘डोरमणी पोखरेल छात्रबृत्ति’ प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ । 
खार्पाका स्वर्गीय डोरमणी तथा कनककुमारी पोखरेलको नाममा छोराहरु पुष्पमणी पोखरेल, डाक्टर नारायणप्रसाद पोखरेल, मन्त्री गिरीराजमणी पोखरेल, मुरारीमणी पोखरेल, केदारमणी पोखरेल, सुदेशमणी पोखरेल र छोरी सितादेबी ओझाले स्थापना गर्नु भएको पाँच लाखको अक्षय कोषबाट प्रतिष्ठानले प्रत्येक वर्ष जिल्लाका महिला स्वास्थ्य स्वयंसेबिका र छात्रछात्राहरुलाई पुरस्कृत गर्दै आएको छ ।