फागुन–१६, खोटाङको खिदिमा–६ लाई एकैसाथ खुल्ला दिशामुक्त, धुवा प्रदूषण मुक्त र प्लाष्टिक मुक्त क्षेत्र घोषणा गरिएको छ । 
३१ घरधुरीको बसोबास रहेको वडाका प्रत्येक घरमा वाटरशील चर्पी तथा सुधारिएको आधुनिक चुल्हो निर्माण र प्लाष्टिक निषेध गरिएपछि वडालाई खुल्ला दिशा, धुवा प्रदषण तथा प्लाष्टिक मुक्त क्षेत्र घोषणा गरिएको हो । 
बाल सेवा समाजका सुपरभाईजर चित्र आचार्यले मंगलबार वडालाई खुल्ला दिशामुक्त, धुवा प्रदूषण मुक्त तथा प्लाष्टिक मुक्त क्षेत्र घोषणा गर्नु भएको हो । 
स्थानीय सरसफाई समन्वय समिति र जनबिकास मञ्च खोटाङको पहलमा वडालाई खुल्ला दिशामुक्त, धुवा प्रदूषण मुक्त र प्लाष्टिक मुक्त क्षेत्र घोषणा गरिएको सामाजिक परिचालक नबीन राईले जानकारी दिनुभयो । 
आगामी बैसाख–७ गते खिदिमा गाबिसलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने तयारीकासाथ अहिले वडा–वडामा अभियान सञ्चालन भइरहेको गाबिस सचिव सुरेशकुमार राईले बताउनु भयो ।