फागुन १६ –  मलेसियामा एक नेपालीको ज्यान गएको छ । क्वालालम्पुरस्थित ‘द वेस्ट रेन्टल सर्भिस एचबीएनबीएचबी’ कम्पनीबाट भागेर काम गर्दै आएका खोटाङको खिदिमा–६ का २३ वर्षीय सिमराज राईको ज्यान गएको हो । 

कम्पनीबाट भागेर अर्कै ठाउँमा सेक्यूरिटीको काम गर्दै आएका राईको पेट दुख्ने र झाडापखाला लाग्ने लक्षण देखिने रोगका कारण ज्यान गएको हो । केही दिन अघिदेखि बिरामी परेका राईको क्वालालम्पुरस्थित केलाङ अप्तालमा उपचारकोक्रममा ज्यान गएको खोटाङ सेवा समाज मलेसियाका पुर्वसदस्य युवक तामाङले जानकारी दिनु भयो । 

अस्पतालले उनको मृत्यृको कारण खुलाएको छैन । काठमाडौंको लगनखेलस्थित अरुण मेनपावर कम्पनीमार्फत एक वर्षअघि मलेसिया पुगेका राईको शव नेपाल फर्काउन समस्या भएको तामाङले बताउनु भयो । 
अबैध काम गर्नेक्रममा ज्यान गुमाएका राईको शव फर्काउनकालागि मलेसियास्थित नेपाली दुताबासमा पनि पहल भइरहेको छ ।