फागुन–१९, खोटाङमा साहित्यिक महोत्सवको आयोजना गरिने भएको छ । रावा सावा प्रज्ञा प्रतिष्ठान काठमाडौं र राष्ट्रिय वाङमय कला प्रतिष्ठान नेपाल खोटाङको संयुक्त आयोजनमा आउँदो नयाँ वर्षपछि साहित्यिक महोत्सवको आयोजना गरिने भएको हो । 
साहित्यिक महोत्सव गर्नका लागि राष्ट्रिय वाङमय कला प्रतिष्ठान नेपालका अध्यक्ष विष्णु आभूषणको संयोजकत्वमा ९ सदस्यीय आयोजक समिति समेत गठन गरिएको छ ।
जिल्ला तथा राजधानीका साहित्यकारहरुको जमघट हुने साहित्यिक महोत्सवमा कविता, गीत, गजललगायतका विधामा कार्यक्रम गरिने राष्ट्रिय वाङमय कला प्रतिष्ठान नेपालका महासचिव झमप्रसाद आचार्यले जानकारी दिनुभयो । 
जिल्ला तथा जिल्लाबाहिरका श्रष्टा तथा सर्जकबीचमा अनुभव आदान प्रदान गर्दै साहित्यिक व्यक्तित्वलाई प्रोत्साहित गर्नका लागि महोत्सव गर्न लागिएको प्रतिष्ठानले जनाएको छ ।