चैत्र–२, सुत्केरी महिलाको ज्यान जोगाउनका लागि खोटाङमा १ लाख ३० हजारमा हेलिकोप्टर चार्टर गरिएको छ । सुत्केरी व्याथा लागेर बुधवार जिल्ला अस्पताल दिक्तेलमा ल्याइएकी छितापोखरी–६ की २६ वर्षीया बिष्णु श्रेष्ठ (कार्की)को ज्यान बचाउनका लागि महंगो भाडामा हेलिकोप्टर चार्टर गर्नुपरेको हो ।

जिल्ला अस्पताल दिक्तेलमा उपचार हुन नसकेपछि कार्कीलाई शुक्रवार हेलिकोप्टर चार्टर गरेर काठमाण्डौको थापाथलीस्थित प्रसुती गृह लगिएको छ । दुई दिनअघि सामान्य अवस्थामा अस्पताल ल्याइएकी कार्कीको पेटमा रहेको बच्चाको मृत भएको र आवश्यक प्रविधि नभएका कारण उपचार गराउन नसकिने भन्दै अस्पतालले रेफर गरेपछि तत्काल हेलीकोप्टर चार्टर गरी काठमाण्डौं लगिएको बिष्णुका श्रीमान बाबुराम कार्कीले बताउनुभयो ।

जिल्ला अस्पतालले तत्काल अन्यत्र नपु¥याए सुत्केरीको ज्यान खतरामा पर्ने बताएपछि सुत्केरीलाई तत्काल हेलिकोप्टरमार्फत लानु परेको बिष्णुका आफन्त सुर्यबहादुर राईको भनाइ छ ।