चैत्र–३, खोटाङमा एक महिला कोसीमा डुबेर बेपत्ता भएकी छिन् । महुरे–फोक्सिङटार–भडारे सडक खण्डमा काम गर्ने ३२ वर्षीया शान्ति नेपाली शुक्रबारदेखि कोसीमा डुबेर बेपत्ता भएकी हुन् ।

सडकमा काम गर्ने क्रममा बडहरे गाविस घरभएकी नेपाली बतासे–४ को सानोभडारेघाटस्थित सुनकोसी नदीमा डुबेर बेपत्ता भएको प्रत्येक्षदर्शीहरुले बताएका छन् । बेपत्ता महिला भडारेस्थित उपभोक्ता समिति अन्तरगत १४ नम्बर समूहमा काम गर्ने सडक कामदार हुन् ।

उनी जिबित रहने सम्भावना कम भएको जिल्ला सडक सहयोग कार्यक्रमका टिम लिडर सुशिल श्रेष्ठले बताउनुभएको छ । शुक्रबार बिहानदेखि बेपत्ता नेपालीको खोजि भइरहे पनि फेला नपरेको जिल्ला विकास समितिका कर्मचारी माधव आचार्यले बताउनुभएको छ ।