चैत्र–५, चुनावी सरकार गठनपछि चुनाव मिति नतोकिदै खोटाङमा नेपाली कांग्रेस र नेकपा एमालेले चुनावको तयारी सुरु गरेका छन् । उनीहरूले संगठन विस्तार र सुदृढीकरण गर्दै चुनावी अभियान सुरु गरेका हुन् ।

नेपाली कांग्रेस खोटाङले सोमबार नियमित बैठक गरी संगठन सुदृढीकरण एवम् कार्यकर्ता परिचालन गरी खोटाङका दुबै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसलाई विजय गराउने अभियानमा लाग्न नेता कार्यकर्तालाई निर्देशन गर्ने निर्णय गरेको छ ।

कांग्रेसका जिल्ला सभापति विष्णुकुमार राईको अध्यक्षतामा बसेको बैठकले–‘नेपालको वर्तमान राजनीतिक परिस्थितिमा लोकतन्त्रलाई संस्थागत विकास गर्दै मुलुकलाई संविधानसभा मार्फत शान्ति र संविधानको पक्षमा अगाडी बढाउन नेपाली कांग्रेस सधै प्रतिबद्ध रहन्छ ।’ बैठकको निर्णय पुस्तिका उल्लेख गरेको छ ।

जिल्ला सभापति राईले भन्नु हुन्छ–‘निरंकुश सर्वसत्तावादी बाबुराम भट्टराई सरकारको बहिर्गमन पश्चात निश्पक्ष र धादलीरहीत संविधासभाको निर्वाचन गर्न सर्वोच्च अदालतका प्रधानन्यायधिश खिलाराज रेग्मीको अध्यक्षतामा बाध्यताको चुुनावी सरकार निर्माण भएको हो ।’ वर्तमान परिप्रेक्षमा खोटाङ कांग्रेस लोकतन्त्रलाई मजबुद बनाउ“दै फेरि पनि नेपाली जनताको शान्ति र संविधानको आकांक्षालाई मूर्तरुप दिन र निर्वाचानलाई आत्मसात गर्दै अगाडी बढ्न अभिप्रेरीत भएको छ ।’ निर्णय पुस्तिकामा उल्लेख छ ।

बैठकले–‘गाउ“ सभापति, सचिव, क्षेत्रीय प्रतिनिधिहरु, क्षेत्रीय कार्यसमितिका सभापति, वा प्रतिनिधि, महिला, दलितका प्रतिनिधिहरू, शिक्षक संघ, तरुण दल, महिला संघ, नेविसंघ प्रमुख वा प्रतिनिधी सहभागी हुने गरी १२ इलाकामा इलाकीय प्रशीक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।

निर्वाचन आयोगले छुट मतदाताहरुका लागि गाउ“ गाउ“मा टोली पठाएकाले आफ्ना भोटर्सलाई नामावली दर्ता गराउन पार्टी नेता–कार्यकर्तालाई निर्देशन दिने निर्णय गरेको छ ।

यस्तै, नेकपा एमालेले पनि गाउ“ गाउ“मा भेटघाट सुरु गरेको छ । संगठन विस्तार तथा सुदृढीकरण गर्दै आगामी संविधानसभाको चुनावमा विजयी बन्न अभियान सञ्चालन गरेको एमाले जिल्ला अध्यक्ष विशाल भट्टराईले बताउनुभयो ।

एमालेले खोटाङको दुबै क्षेत्रमा जीत हात पार्न प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ । जनवर्गीय संगठन परिचालन गर्दै गाउ“ गाउ“मा चुनावी माहौल सुरु गरेको जनाएको छ । एमालेले एमाले महासचिव इश्वर पोखरेललाई जिल्लाको उत्तरी लामिडा“डामा बोलाएर मंगलबार (भोलि ६ गते) पार्टीका जिल्लास्थित नेता कार्यकर्तालाई प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । महासचिव पोखरेल ओखलढुङ्गा हुदै सोमबार खोटाङ आउ“दैछन् ।

एकीकृत माओवादीले भने आगमी चैत ७ गते काठमाडौमा हुने केन्द्रीय समितिको बैठकपछि चुनावी कार्यक्रम तय हुने जनाएको छ । बैठकपछि राज्य र जिल्ला तहका नेता–कार्यकर्ता प्रशिक्षण र परिचालनसंगै चुनावी तयारी गरिने एमाओवादी खोटाङका अबिधेशन आयोजक समिति सदस्य तथा किरात राज्य सचिवालय सदस्य सुरेश राईले बताउनुभयो ।

राप्रपा नेपाल, राष्ट्रिय शक्ति प्रजातन्त्र पार्टी, नेकपा एकीकृत, संघीय समाजवादी पार्टीले भने चुनावी तयारी सुरु गरेको छैन ।