चैत्र–७, यात्रुहरुले खोटाङबाट काठमाडौंकालागि छुटेको बसलाई सिन्धुलीको खुर्कोटमै बास राख्ने गरेको गुनासो गरेका छन् । बस व्यवसायी संघले दिक्तेलबाट यात्रु लिएर राजधानी जाने बसलाई नियमबस खुर्कोटमा बास राख्ने गरेको यात्रुहरुले गुनासो गरेका हुन् । जबकी, दिक्तेलबाट बिहान हिँडेको बस बेलुका काठ्माडौं पुग्छ ।
दुर्घट्नाका कारण खुर्कोटबाट बेलुकाको पाँच बजेपछि यात्रुबाहक बसलाई अगाडि जान रोक लगाइएका कारण दिक्तेलबाट ढिला गर्दै पाँच बजेपछि खुर्कोट पु¥याइएको एक यात्रुले टेलीफोनमार्फत जानकारी दिएका छन् ।

मंगलबार बिहान दिक्तेलबाट छुटेको ना ४ ख ४७४६ नम्बरको बस बेलुका छ बजेमात्र खुर्कोट पु¥याईको यात्रुको गुनासो छ । गाडी मालिक खुर्कोटकै भएका कारण पनि एकै दिनमा काठमाडौं पुग्ने बसलाई खुर्कोटमा बास राखिएको ती यात्रुको भनाई छ ।

बाटोको बीच–बीचमा लोकल यात्रुहरुलाई चढाउने र झार्ने काम गर्दै पाँच बजेपछि खुर्कोट पु¥याउने गरिएको उनीहरुले आरोप लगाएका छन् । बस व्यवसायी संघले भने यात्रुको आरोपलाई खण्डन गरेको छ ।

दुधकोशी र सुनकोशी नदीमा बेलीब्रिज निर्माण भएपछि गत शुक्रबार बिहानदेखि दिक्तेलबाट काठमाडौंसम्मको सिधा यातायात सेवा शुरु भएको हो ।