चैत्र–११, सुचना तथा सञ्चार मन्त्रालयका सचिव ध्रुबप्रसाद शर्माले मुलुकमा राजनैतिक सिस्टम कायम नभएसम्म बिकास सम्भब नहुने बताउनु भएको छ । 
जिल्ला बिकास समिति खोटाङको सभाहलमा आईतबार भएको कार्यक्रमा सचिव शर्माले राजनैतिक सिस्टमबाट मात्रै बिकास सम्भव हुने उल्लेख गर्दै राजनैतिक सिस्टम कायम गर्न जिल्लाका राजनैतिक दलहरुलाई आग्रह गर्नु भयो । 
जिल्लाको समग्र बस्तुस्थिति बुझ्नकालागि खोटाङ आउनु भएका सचिव शर्माले जनताले बिकास चाहेकाले राजनैतिक पार्टीहरुले बिकासलाई प्रमुख एजेण्डा बनाउनु पर्नेमा जोड दिनु भयो । उहाँले दलहरुले बिकासलाई एजेण्डा बनाएर अघि नबढेसम्म बिकास सम्भवन नहुने उल्लेख गर्नु भयो । 
कर्मचारीहरुले आफ्नो कामलाईभन्दा राजनितीलाई बढि प्राथमिकता दिने गरेकोतर्फ संकेत गर्दै सचिव शर्माले भन्नु भयो,–‘नेतालाई मात्र नेता भन्न परोस् ।’