चैत्र १२ – रोजगारीको सिलसिलामा कतारमा रहँदा हृदयघातका कारण ज्यान गुमाएका खोटाङ च्यानडाँडा २ का दिलिप भुजेलको शव नेपाल ल्याइएको छ ।

३ वर्षअघि कतार पुगेका भुजेलको गएको फागुन १९ गते राती सुतेकै ठाउँमा निधन भएको थियो ।

भुजेलको शव आइतबार काठमाडौ पठाइएको कतारबाट खोटाङ सेवा समाजका महासचिव नारायण बस्नेतको भनाई उधृत गर्दै उज्यालो नाइटी एफएमले समाचार प्रसारण गरेको छ ।

भुजेलको परिवारका लागि क्षतिपूर्तिको पहल भइरहेको महासचिव बस्नेतले जनाएका छन् ।

यस्तै कतारमा नै चैत ३ गते भवनको दशौं तलाबाट खसेर ज्यान गुमाएका खोटाङ टेम्मा ५ का प्रदीप बस्नेतको शव पनि नेपाल पठाउने तयारी भइरहेको जनाइएको छ ।