चैत–१२, खोटाङ खर्ताम्छाका शंकरमणि राईले चिर्पटले हानेर आफ्नै बुहारीको हत्या गरेका छन् ।
घरायसी विवादका क्रममा जेठाजु शंकरमणिले चिर्पटले हिर्काउँदा गम्भीर घाइते भएकी मट्याङ्ग्री राईको जिल्ला अस्पताल खोटाङमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीले शंकरमणिलाई पक्रेर कारबाही अघि बढाएको छ ।