दमन राई/खोटाङ चैत्र–२४, खोटाङ सदरमुकाम दिक्तेलमा हुन लागेको जिल्लाकै ठूलो धनराशी भएको जिल्ला स्तरीय खुल्ला पुरुष भलिवल प्रतियोगिताको तयारी पूरा भएको छ ।

खोटाङ स्पोर्टस क्लवको आयोजनामा आगामी चैत्र–२७ गतेदेखि ३० गतेसम्म स्थानीय माटिकोरे खेल मैदानमा हुन लागेको भलिबल प्रतियोगिताको तयारी पूरा भएको हो ।

क्लवले शनिबार पत्रकार सम्मेलन गरी देश तथा बिदेशमा रहेका खोटाङबासीबाट स्वेच्छिक सहयोग उठाएर गर्न लागिएको प्रतियोगीताको तयारी पूरा भएको जानकारी दिएको हो ।

प्रतियोगीताका लागि देश र बिदेशमा रहेका दाताहरूबाट एक लाख ८४ हजार नगद संंकलन भएको क्लबका अध्यक्ष विकी राईले जानकारी दिनु भयो । क्लवका अनुशार प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने समुहले नगद ५० हजार, दोश्रो हुने समुहले ३० हजार, तेश्रो हुने समुहले २० हजार र शान्त्वना स्थान प्राप्त गर्ने समुहले नगद १० हजारका साथमा शिल्ड, मेडल र प्रमाण पत्र हात पार्ने छन् ।

यस्तै, उत्कृष्ट खेलाडीलाई नगद ५ हजारकोसाथमा शिल्ड र प्रमाण पत्र, बेस्ट स्पाइकर, बेष्ट सरभर, बेष्ट लिफ्टर, बेष्ट डिफेन्डर र बेष्ट ब्लकरलाई नगद दुई हजार, ट्रफी र प्रमाणपत्र प्रदान गरिने क्लबका प्रबक्ता विधान थापाले बताउनु भयो ।

प्रतियोगीताकालागि हङ्कङस्थित हलेसी क्लबले प्रथम पुरस्कार, खोटाङ सेवा समाज कोरियाले दोस्रो, खोटाङ सेवा समाज कतारले तेस्रो तथा खाल्लेका खगेन्द्र राईले शान्त्वना पुरस्कारको प्रायोजन गरेका छन् ।

दिक्तेलस्थित दूधकोसी ट्रड एण्ड सप्लायर्सका प्रोपाइटर प्रकाश थापाले मेन अफ द म्याचको तथा दिक्तेलस्थित बुङ्गा टे«डका प्रोपाइटर भोगेन्द्र राईले बेस्ट स्पाइकर, बेष्ट सरभर, बेष्ट लिफ्टर, बेष्ट डिफेन्डर र बेष्ट ब्लकरको प्रायोजन गर्नु भएको छ । त्यस्तै निर्मलीडा“डा घर भइ हाल हङ्कङमा बसिरहनु भएका नरभूपाल राई, बाम्राङका मणीकुमार राई र काठमाडौं चक्रपथका शुष्मा राईले मेन अफ द म्याचकालागि दुई/दुई सेट र खोटाङ सुनसरी सरोकार समाजले दश सेट जर्सी प्रायोजन गरेको क्लवले जनाएको छ । यस्तै, रविन राईले चार सेट र कृष्ण राईले एक सेट भलिबल उपलब्ध गराउनु भएको छ ।