चैत्र–२६, गत चैत्र–३ गते बिल्डिङको दश तलाबाट खसेर कतारमा ज्यान गुमाएका खोटाङको टेम्मा–५ का २१ वर्षीया प्रदीप बस्नेतको शव नेपाल ल्याइएको छ । 
घट्नापछि स्थानीय हमाद अस्पतालमा राखिएको बस्नेतको शव आईतबार काठमाडौंबाट चार्टर गरिएको हेलीकोप्टरमार्फत गाउँ पठाइएको आफन्त हरिकुमार बस्नेतले बताउनु भयो । 
मृतक बस्नेतको श्रीमती र तीन महिनाको छोरी छन् । मृतकको परिवारकालागि क्षतीपूर्तीको पहल भइरहेको महासचिव बस्नेतले बताउनु भयो ।