खोटाङ बैशाख–२६, ट्याक्टरले किच्दा ज्यान गुमाएका छात्रको स्मृतिमा सञ्चालन हुँदै आएको खोटाङ जिल्लाकै सर्बाधिक पुरस्कार राशीको ‘अनुप स्मृति गोल्डकप पुरुष फुटबल प्रतियोगिता’ आजदेखि शुरु हुँदैछ ।  २०६९ जेठ २ गते जिल्ला सदरमुकाम दिक्तेलबजारमा दुर्घटनमा परी ज्यान गुमाएका माउण्ट एभरेष्ट ईङलिस बोर्डिङ स्कुलका छात्र अनुप राईको समृतिमा सञ्चालन गरिएको प्रतियोगिताको दोश्रो संस्करण दिक्तेलबजारको माटिकोरे खेलमैदानमा उद्घाटन हुँदैछ । 

कक्षा नर्सरीमा अध्ययनरत लफ्याङका बालक अनुपको स्मृतिमा माउण्ट एभरेष्ट ईङलिस बोर्डिङ स्कुल र दिक्तेल फुटबल क्लवको संयुक्त आयोजना गरिने प्रतियोगिताको उद्घाटन बिहान ११ बजे हुने आयोजकले जनाएका छन् । प्रतिनिधि सभाको सदस्य माननीय बिशाल भट्टराईको प्रमुख आतिथ्यमा हुने उद्घाटन भब्य बनाउन बिभिन्न कार्यक्रमको तय गरिएको जनाईएको छ । गतवर्ष देखी सञ्चालित प्रतियोगिताको दोश्रो संस्करणमा जिल्ला तथा जिल्लाबाहिरका १२ टिमले सहभागिता जनाएका छन् । 
आगामी ३१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा काठमाण्डौं, भोजपुर लगायतका टिम सहभागी बनेको बताईएको छ । प्रतियोगिताको उद्घाटन खेल आयोजक दिक्तेल फुटबल क्लब र रुपाकोट फुटबल क्लब दिक्तेलबीच हुनेछ । सार्वजनिक टाईसिट अनुरुप फ्रेण्डसीप यातायात काठमाण्डौ, बुइपा सेवा समाज बुइपा, बाक्सिला फुटबल क्लब बाक्सिला र खोटेहाङ गाउँपालिका–७ खोटाङबजारको खोटाङ भगवती स्पोर्टस क्लब बाई परेको छ ।
खोटाङ फुटबल क्लब दिक्तेल र सोल्मा स्पोर्टस क्लब सोल्मा, रुपाकोट मझुवागढी –६ नेपा र हलेसी तुवाचुङ स्पोर्टस क्लब हलेसी तथा जिल्ला फुटबल संघ भोजपुर र खाराम्बु स्पोर्टस क्लब खार्मीको प्रर्तिस्पर्धा हुने अनुप स्मृती गोल्डकप मूल आयोजक समिति संयोजक सागर जोशीले बताउनुभयो । प्रतियोगितालाई जिल्लाको पहिचान र गौरबको प्रतियोगिताको रुपमा लिईएको संयोजक जोशीको भनाई छ ।
प्रतियोगिताका बिजेता तथा उपबिजेताले क्रमशः १ लाख ५१ हजार १ सय ११ र ७५ हजार ५ सय ५५ तथा सेमि फाइनालिस्ट दुई टिमले २५÷२५ हजार नगद नगदका साथमा कप, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् । 
यस्तै, उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडफिल्डर, स्ट्राइकर, सर्वाधिक गोलकर्ता, मेन अफ द टुर्नामेन्ट, उत्कृष्ट टिम प्रशिक्षकले ५÷५ हजार तथा अनुशासित टिमले ५ हजार २ सय २५ रुपैयाँ पुरस्कार पाउने छन् ।