बैशाख–५, जिल्लाका निर्माण व्यवसायीहरूले आफूहरुलाई काम गर्न असहज भएको जनाएका छन् । जिल्लाका गुण्डाहरूले कमिसनलगायत बखेडा थापेर काम गर्नेहरूलाई हैरानी दिएकाले आफूहरुलाई काम गर्न असहज भएको जनाएका हुन् । 

निर्माण व्यवसायी संघ खोटाङका अध्यक्ष कुमारप्रसाद आचार्यले विकास निर्माणको काम गर्दा जिल्लाकै गुण्डाहरू अघिपछि लाग्नुका साथै काममा समेत बाधा पु¥याउने गरेको बताउनुभयो । 
जिल्लामा हुने विकास निर्माणसम्बन्धी कामको ठेक्कामा गुण्डाहरूले च्याँखे थापेर रकम माग्ने गरेको आचार्यले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, ‘कमिशन नदिए अप्ठेरोमा पर्ने अवस्था छ ।’ बेरोजगारका कारण युवाहरु विकृतिमा लागेको पनि आचार्यले दावी गर्नुभयो । निर्माण व्यवसायी संघको कार्यालयमा पत्रकारसँग कुरा गर्दै भन्नुभयो, ‘पार्टीले संरक्षण गरेकाले पनि थप विकृति बढेको हो ।’
यस्तै, अर्का निर्माण व्यवसायी प्रेम लामालाई स्थानीय गुण्डाले ज्यान मार्ने धम्की दिएको बताएका छन् । जिल्लाको मात्तिमस्थित गाउ“ फर्क कुलो सिंचाइ योजनाका प्रबन्ध निर्देशक समेत रहेका लामालाई योजनाको नाफा नदिए ज्यान तलमाथि गर्ने टेलिफोन मार्फत धम्काएका हुन् । 
दुई करोड १३ लाख रूपैया“को लागतमा सञ्चालित योजनाको २५ प्रतिशत काम समेत मागेको लामाले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक राजिव बस्नेतले भने, यसबारे आधिकारिक रूपमा जानकारी नआएको बताउनुभयो । यद्यपि सिंचाइ योजनाको काम रोकिदा काम सुचारु गराउन भने प्रहरी सफल भएको प्रहरी नायव उपरीक्षक बस्नेतले जनाउनुभयो । 
लामाले टेम्मा घर भएका विष्णुराज राईको नेतृŒवमा आफूलाई बारम्बार धम्की आउने गरेको र त्यसको जानकारी प्रहरीसमक्ष गराइ सकेको बताउनुभयो । यो समूहले गत चैत ४ गते सिंचाइ निर्माणको काम समेत रोकेको लामाले बताउनुभयो । यो समूहले योजनाका कामदार केशव घिमिरेलाई समेत धम्की दिएको लामाले जानकारी दिनुभयो । 
सिंचाइ सवडिभिजन कार्यालय नम्बर–३ दिक्तेलका सव डिभिजन प्रमुख इन्जिनियर एकराज भट्टराईले सिंचाइ योजनासम्बद्ध व्यक्तिहरूलाई ज्यान धम्की आएकाले योजना उपभोक्ता समितिका अध्यक्ष शिवबहादुर कटुवालको अध्यक्षतामा बसेको आम भेलाले शान्ति सुरक्षा पाऊ भनि दिएको निवेदनको आधारमा सिंचाइ विभाग समुदाय व्यवस्थित सिंचित कृषि क्षेत्र आयोजना ललितपुर केन्द्रीय कार्यक्रम व्यवस्थापन इकाइ ललितपुर, क्षेत्रीय सिंचाइ निर्देशनालय विराटनगरमा घटनाको जाकनकारी र दोषीलाई कारबाहीको माग गरिएको बताउनुभयो । त्यसको बोधार्थ जिल्ला प्रशासन कार्यालय खोटाङलाई समेत दिएको इन्जिनियर भट्टराईले बताउनुभयो । भट्टराईका अनुसार ज्यान धम्कीमा संलग्न रतन्छाका जितेन राई, मिलन राईको समेत नाम उल्लेख गरिएको छ ।