बैशाख–५, उपभोग्य सामान लिएर खोटाङ भित्रिने मालवाहक सवारी साधनबाट विभिन्न स्थानमा अवैध रकम अशुलिएको व्यवसायीले गुनासो गरेका छन् । तराईबाट दैनिक उपभोग्य सामान लिएर खोटाङ भित्रिने मालवाहक सवारीसाधनहरुबाट विभिन्न संघको नाममा ३० रुपैयाँ देखि १ हजारसम्म रकम अशुल गर्ने गरिएको व्यवसायीहरुले गुनासो गरेका हुन् । 

खोटाङको ओम हलेसी जीप व्यवसायी संघ, ओखलढुंगाको सिद्धिचरण यातायात ट्रक व्यवसायी संघ, उदयपुरको लेखानी गाविसलगायतले आ–आफ्नो पायक पर्ने स्थानबाट अवैध शुल्क उठाउने गरेको व्यवसायीको भनाइ छ । उनीहरुका अनुशार लेखानी गाबिसले प्रतिगाडी ३० रुपैयाँ, सिद्धिचरण यातायात ट्रक व्यवसायी संघले प्रतिगाडी २ सय र हालसम्म दर्ता नै नभएको ओम हलेसी जीप व्यवसायी संघले प्रतिगाडी १ हजार शुल्क उठाउने गरेका छन् । 
मालवाहक सवारी साधनबाट अवैध रकम अशुलिएको विषयमा स्थानीय प्रशासन मौन रहेको एक व्यवसायीको आरोप छ । यसबारेमा आफूहरुले पटक–पटक प्रहरी तथा प्रशासनमा जानकारी गराएपनि चासो नदिएको दुखेसो समेत गरेका छन् ।