बैशाख–६, खोटाङमा काष्ठ व्यवसायी कुटपिटमा संलग्न एक जना आरोपी पक्राउ परेका छन् । उदयपुरको त्रियुगा नगरपालिका–२ का ३५ वर्षीय काष्ठ व्यावसायी जनार्दन रेग्मीमाथि कुटपिटमा संलग्न रहेको आरोपमा बुइपा–२ का २० वर्षीय निकाश राई पक्राउ परेका हुन् । 

रेग्मीमाथि कुटपिट गरेपछि फरार रहेका राईलाई हलेसीबाट पक्राउ गरी शुक्रबार जिल्ला प्रहरी कार्यालय दिक्तेलमा ल्याइएको प्रहरीले जनाएको छ । खयर निकासीबापत भनेजती कमिसन नदिएको झोकमा स्थानीय युवाको एक समुहले काष्ठ व्यवसायी रेग्मीमाथि गत चैत–१५ गते राजापानीमा निर्घात कुटपिट गरेका थिए ।
घटनाकै दिन बुइपाका सुनिल राई र सल्लेका रवि राई पक्राउ परिसकेका छन् भने दुई जना अझै फरार रहेको प्रहरीको भनाई छ ।