बैशाख–११, खोटाङमा आगामी बैसाख–१८ गतेदेखि अन्तरविद्यालय राष्ट्रपति रनिङ कप प्रतियोगीता सञ्चालन हुनेभएको छ । 
‘स्वास्थ्यकालागि खेलकुद, राष्ट्रकोलागि खेलकुद’ भन्ने नारासहित जिल्ला खेलकुद विकास समिति खोटाङको आयोजनामा अन्तरविद्यालय राष्ट्रपति रनिङ कप प्रतियोगीता सञ्चालन हुने भएको हो । 
बिबादका कारण यसअघिका राष्ट्रपति रनिङ कप प्रतियोगीता सञ्चालन हुन सकेको थिएन । छात्र तथा छात्रा भलिबल, एथ्लेटिक्स, छात्र दौड, छात्र तथा छात्रा हाईजम्प, लङजम्प, त्रिपलजम्प, ज्यावलीङ थ्रो र सटफुट प्रतियोगीता सञ्चालन गरिने जिल्ला खेलकुद बिकास समिति खोटाङका अध्यक्ष बिनेद उदासले बताउनुभयो ।