बैशाख–१३, खोलामा आएको भिषण बाढीले खोटाङको देबिस्थानमा निर्माणाधिन बुँवा खोला सिँचाई आयोजनामा क्षती पु¥याएको छ । 

भारी वर्षापछि बुँवा खोला लगायत अन्य पाँच वटा खहरे खोलामा एकसाथ आएको भलबाढीले निर्माणाधिन सिँचाई आयोजनाको कुलो, भरिएको ४० थान ग्याबिन जाली, पाँच वटा खहरे खोलाको ढलान, उपकरण तथा पर्खाल बगाउँदा १२ लाख बराबरको क्षती भएको सिँचाई आयोजनाले जनाएको छ । 
खोलामा आएको भलबाढीले कुलोको १३० मिटर भाग र अन्य संरचनामा पनि क्षती पु¥याएको सिँचाई आयोजनाका सहयोगी संस्था हिमाली क्लव खोटाङका कर्मचारी पबित्रा राईले जानकारी दिनु भयो । 
देविस्थान–८ मैनटार क्षेत्रमा सिँचाई सुबिधा पु¥याउने उद्धेश्यसहित गरिवी निवारण कोषको आर्थिक सहयोगमा हिमाली क्लवले बुँवा खोला मुहान भएको सिँचाई आयोजना निर्माण थालेको थियो । 
हालसम्म निर्माण भएका आयोजनाको संरचना तथा आवश्यक उपकरणहरु खोलाले बगाएपछि सिँचाई आयोजनाको काम ठप्प भएको हिमाली क्लवले जनाएको छ ।