बैशाख १७ । खोटाङ सदरमुकाम दिक्तेलमा ‘साहित्य कला महोत्सव’ सम्पन्न भएको छ ।
जिल्लाको साहित्यीक, प्राकृतिक, साँस्कृतिक, धार्मिक एवं ऐतिहासिक सम्पदाको प्रचार–प्रसार गर्दै राष्ट्रिय स्तरमा चिनाउने उद्धेश्यले शनिबार शुरु
भएको तीन दिने ‘खोटाङ साहित्य कला महोत्सव–२०७०’ आज सम्पन्न भएको हो ।

कविता, गीत, गजल र संगीतमय बनाइएको साहित्यिक कला महोत्सव कबिता प्रतियोगीता तथा कथा, निबन्ध, कबिता, गजल लगायतका बिद्यामा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्दै समापन गरिएको हो ।

खोटाङको स्थानीय कला, संस्कृति, प्राकृतिक, ऐतिहासिक र धार्मिक सम्पदालाई प्रचार–प्रसार गर्दै पर्यटन प्रबर्धनकालागि पहिलोपल्ट साहित्य कला महोत्सव आयोजना गरिएको आयोजक रावासावा प्राज्ञिक समाज काठमाडौंका सचिव बम बानीयाँले जानकारी बताउनु भयो ।