बैशाख–१८, ‘स्वास्थ्यकालागि खेलकुद, राष्ट्रकोलागि खेलकुद’ भन्ने नारासहित जिल्ला खेलकुद बिकास समिति खोटाङको आयोजनामा अन्तरविद्यालय राष्ट्रपति रनिङ कप प्रतियोगीता आजदेखि शुरु भएको छ  ।
दिक्तेलस्थित माटिकोरे खेलमैदानमा आयोजना गरिएको प्रतियोगीताको पहिलो दिन बुधबार भएको छात्र सटफुटतर्फ सरस्वति उच्च माबि दिक्तेलका सागर रसाइली प्रथम, कालिका माबि खार्मीका दिपेन्द्र तामाङ दोश्रो र पञ्च माबि दिक्तेलका लोकनाथ आचार्य तेश्रो हुनुभएको छ । 
छात्रा सटफुटतर्फ श्रीमाबि लफ्याङका कमला श्रेष्ठ प्रथम, जालपा माबि नुनथलाका कोपिला तामाङ दोश्रो र कालिका माबि नेर्पाका बिनाकला श्रेष्ठ तेश्रो हुनुभएको छ । 
यस्तै, छात्र लङजम्पतर्फ दिक्तेल बोर्डिङ स्कुलका सौगात राई प्रथम, सरस्वति उच्च माबि मात्तिमका बिजय कट्वाल दोश्रो र दिक्तेल बोर्डिङ स्कुलकै बिदेश राई तेश्रो हुनुभएको छ । 
छात्रा लङजम्पतर्फ भने पञ्च माबि दिक्तेलका बिष्णुमायाँ रिजाल प्रथम, पञ्च माबि दिक्तेलकै हेमकला आचार्य दोश्रो र जालपा माबि नुनथलाका बिनता राई तेश्रो हुनु भएको छ ।
बिहिबार छात्र तथा छात्रा भलिबल, हाइजम्प, ज्याभलिन थ्रो, दौड, रिले दौड तथा ट्रिपल जम्प प्रतियोगीता सञ्चालन गरिने खेलकुद बिकास समिति खोटाङले जनाएको छ । यसअघिका राष्ट्रपति रनिङ कप प्रतियोगीता कप प्रतियोगीता सञ्चालन हुन सकेको थिएन ।