बैशाख–१९, आगलागीमा परी खोटाङमा एक घर जलेर नष्ट भएको छ । 
बुधबार राती लागेको आगोका कारण उत्तरी गाबिस ऐसेलुखर्क–७ का पुर्णबहादुर गुरुङको फुसले छाएको तीन तले घर नष्ट भएको हो । 
घर तथा घरमा राखिएका अन्न, भाँडाकुँडा, लुगाफाटो लगायतका सामान जल्ला ६ लाख ४० हजार बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरिक्षक राजीव बस्नेतले जानकारी दिनु भयो । 
घर जलेर बिस्थापित भएका गुरुङ परिवार अहिले त्रिपाल टाँगेर बसिरहेका छन् ।