बैशाख–२०, खोटाङको हलेसीमा बिहिबार शुरु भएको एकीकृत घुम्ती शिविरको पहिलो दिन ४७ जना सर्वसाधारलाई नागरिकताको प्रमाणपत्र बितरण गरिएको छ ।

जिल्लाको पश्चिमी क्षेत्रका दश गा िवसका सर्वसाधारणलाई गाउँमै सेवा पु¥याउने उद्धेश्यकासाथ शुरु गरिएको घुम्ती शिविरको पहिलो दिन २७ महिला र २० पुरुषलाई नागरिकता बितरण गरिएको प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले जानकारी दिनुभयो ।
यस्तै, ५० जनाको फोटोसहितको मतदाता नामावली दर्ता, ३१ जनाको स्वास्थ्य जाँच, ७२ जना कृषकलाई बीउ बितरण, ३० जनालाई पशु उपचार औषधि, दुई जना अपांगलाई परिचयपत्र बितरण गरिएको छ । यस्तै, एक जना जग्गाधनीलाई लालपुर्जा बितरण गरिएको प्रमुख जिल्ला अधिकारी नेपालले बताउनु भयो । एकीकृत घुम्ती शिबिर चार दिनसम्म सञ्चालन हुने छ ।