बैशाख–२१, गैंरसरकारी संस्था महासंघ खोटाङ शाखाले सामाजिक विकास पुरस्कार स्थापना गर्ने भएको छ । 
एक लाखको अक्षयकोष स्थापनागरी दश हजार राशीको सामाजिक विकास पुरस्कार स्थापना गरिने भएको हो । गंैरसरकारी संस्था महासंघ खोटाङको ११ औं साधारण सभाको उद्घाटनसत्रमा संघको कार्यपत्र पेश गर्दै संघका अध्यक्ष दिपनारायण रिजालले यस्तो बताउनुभएको हो । 
उक्त पुरस्कार जिल्लामा रहेर सामाजिक क्षेत्रमा योगदान पु¥याउने एक जना सामाजिक कार्यकर्तालाई वार्षिकरुपमा प्रदान गरिने अध्यक्ष रिजालले जानकारी दिनुभयो  । “सामाजिक रुपान्तरणका लागि नयाँ संविधान, सामाजिक विकास ऐनका लागि सुदृढ र एकतावद्ध गैसस अभियान” भन्ने मूल नाराका साथ महासंघका केन्द्रीय उपाध्यक्ष जिवच्छ शाहले उद्घाटन गर्नुभएको ११ औं साधारण सभामा अध्यक्ष रिजालले संघको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष पूर्णमायाँ तामाङले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
सप्ताहव्यापीरुपमा मनाइएको संघको ११ औं साधारण सभाको अवसरमा गरिएको अन्तर संस्थास्तरीय हाजिरी जवाफ प्रतियोगिताका विजयी समूहलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ । 
प्रतियोगितामा गुप्तेश्वर संयुक्त सेवा समाज दिक्तेल पहिलो, जनरस्मी सेवा समाज धितुङ दोश्रो र देविस्थान एकता समाज दिक्तेल तेश्रो भएका थिए । विजयी समूहलाई क्रमशः नगद दश हजार, सात हजार र पाँच हजारसहित भित्तेघडी  र प्रमाणपत्र प्रदान गरिएको आयोजले जनाएको छ । 
यसैवीच, यस वर्षको वर्ष उत्कृष्ठ संस्थामा महिमा महिला मञ्च खोटाङबजारलाई घोषणा गरिएको छ । संस्थाको आफ्नै श्रोत तथा साधनको आधारमा प्रभावकारी कार्य सञ्चालन गरेको भन्दै मञ्चलाई वर्ष उत्कृष्ठ संस्था घोषणा गरिएको हो ।