बैशाख–२३, झापा प्राविधिक शिक्षालयले खोटाङका दश जना एकल महिलालाई लगाउने कपडा प्रदान गरेको छ । शिक्षालयले आईतबार बिहान दश जना एकल महिलालाई पुग्ने तयारी कपडा एकल महिला मञ्चमार्फत प्रदान गरेको हो । 
श्रीमान गुमाएर एक्लो जीवन बिताइरहेका एकल महिलालाई दश थान चौबन्दी, दश थान कुर्ता, दश थान सुरुवाल, दश थान पेटीकोट र दश थान ट्राउजर्स प्रदान गरिएको शिक्षालयका युवराज अधिकारीले बताउनुभयो । शिक्षालयले सञ्चालन गरेको सिलाई कटाई तालिममा सहभागी महिलाहरुले तयार पारेका तयारी कपडा प्रदान गरिएको अधिकारीको भनाई छ ।