बैशाख–२८, एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य तथा किराती राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष सुदन किराँतीले आगामी हुने संविधान सभाको निर्वाचनबाट पहिचान पक्षधरहरुले गोल बन्द हुदै पहिचानलाई स्थापित गराउने बताउनुभएको छ ।
किराँती राष्ट्रिय मुक्ति मोर्चा खोटाङको तेस्रो जिल्ला सम्मेलनको उद्धघाटनसत्रलाई सम्बोधन गर्नुहुदै किराँतीले यस्तो बताउनुभएको हो । 
आगामी संविधान सभालाई कसैले रोक्न नसक्ने बताउनुभएका अध्यक्ष किरातीले पहिचान सहितको संघियता, संघियता सहितको संबिधान निर्माणको मागलाई माओबादीले छोडे किराँती राष्ट्रि मुक्ती मोर्चाले बिद्रोह गर्ने समेत बताउनुभयो । 
पहिचान सहितको संघिय संविधान निर्माण हाम्रो अभियान, बृहत किराती एकताको तेस्रो खोटाङ जिल्ला सम्मेलन भन्ने नाराकासाथ उद्धघाटन भएको सम्मेलनमा केन्द्रीय सदस्य रामकुमार राई पासाङ, सदस्य समिता कार्की अस्मिता, किराँत राज्य समितीका राज्य सेक्रेटरी हिमाल, किराँत राज्य सम्मेलन आयोजक समितीका सदस्य दुर्गा जयन्ती राईलगायतका नेता तथा विभिन्न जनवर्गीय संगठनका प्रमुख तथा प्रतिनिधीहरुको उपश्थिती रहेको थियो । 
किराँती राष्ट्रिय मुक्ति मोर्चा खोटाङको तेस्रो जिल्ला सम्मेलनको आयोजक समितिका संयोजक दिपेन्द्र राईको सभापत्तिवमा हिजो उद्धघाटन भएको सम्मेलनको आज बिहानबाट बन्दसत्र शुरुभएको छ । 
सम्मेलनका अबशरमा नुनथला र दिक्तेल सोल्माका कलाकारहरुले शाकेला शिली समेत प्रदर्शन गरेका थिए ।