बैशाख–२८, आदिवासी जनजाति पत्रकारहरूको छाता संगठन ‘अनिज’ खोटाङको पुर्नगठन गरिएको छ । 
एक वर्षअघि गठन भएको जिल्ला कार्यसमिति खोटाङको तदर्थ समितिलाई पुर्नता दिदै केदार मगरको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति निर्माण गरिएको छ । 
नव गठित समितिको उपाध्यक्षमा सुर्य तामाङ, सचिवमा रामधन राई, सहसचिवमा काजन राई र कोषाध्यक्षमा सर्मिला राईलाई चयन गरिएको छ । समितिको अन्य सदस्यमा गोमा राई, जया राई, सुदीप राई, विक्रम भुजेल, सन्देश नाछिरिङ राई र सचिन राई रहनुभएको छ । यस्तै, डम्बरसिं राई, भीम राई र विजय राईलाई समितिको सल्लाकारमा राखिएको छ । 
यसैवीच, पुर्नगठित समितिको पहिलो बैठकले संघको आगामी जेठ–२६ गते पोखरामा हुने केन्द्रीय महाधिबेशनका लागि भीमसेना राई र दमन राईलाई महाधिबेशन प्रतिनिधिकारुपमा चयन गरेको छ भने, डम्बरसिं राई र भीम राईलाई पर्यवेक्षकमा छनौट गरेको छ ।