बैशाख–२९, खोटाङको खार्मीस्थित कालिका मावि खार्मीको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सुरेशकुमार तामाङले एक सय ५० मत प्राप्त गरीे विजयी हुनुभएको छ । 
तामाङका प्रत्याशी श्यामकुमार राईले ३४ मत प्राप्त गर्नु भएको थियो । त्यस्तै, महिला सदस्यमा शुक्रा राईलाई हराउँदै मनकुमारी श्रेष्ठ निर्वाचित बन्नुभएको छ भने, चन्द्रबहादुर परियार र दिलकुमारी श्रेष्ठलाई हराउँदै नन्दकुमार श्रेष्ठ, चन्द्रबहादुर श्रेष्ठ सदस्यमा निर्वाचित हुनुभएको त्यहाबाट शिक्षक देवकुमार राईले जानकारी दिनुभएको छ ।
निवर्तमान अध्यक्ष हर्कराज राईको तीन वर्षे कार्यकाल पूराभएसँगै सहमतीमा विव्यास गठन गर्ने प्रयास असफल भएपछि निर्वाचन भएको हो । नव निर्वाचित समितिको कार्यकाल तीन वर्षको हुनेछ ।