बैशाख–३०,  अनेरास्वबियुका कार्यकर्ताले आफनो झण्डा च्यातेको भन्दै अनेरास्वबियु क्रान्तिकारी खोटाङले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
स्वबियुको निर्वाचन नजिकिँदै गर्दा खार्पास्थित रावा क्याम्पसमा आफ्नो संगठनले राखेको कलम र तारा अंकित रातो झण्डा अनेरास्वबियुका कार्यकर्ताले आइतबार बिहान च्यातेर फालिदिएको भन्दै अनेरास्वबियु क्रान्तिकारीले बिज्ञाप्तीमार्फत गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
लोकतान्त्रिक मूल्य र मान्यतालाई  केन्द्र बिन्दुमा राखेर गरिएको गतिबिधिलाई स्वीकार गर्न नसक्नुले अनेरास्वबियु आम बिद्यार्थीको अधिकारलाई कुण्ठित गर्ने क्रियाकलापमा उद्धत रहेको पुष्टि भएको 
अनेरास्वबियु क्रान्तिकारी खोटाङका अध्यक्ष उमेशचन्द्र राईले जारी गरेको बिज्ञाप्तीमा उल्लेख गरिएको छ ।