बैशाख–३१, खोटाङको एक मोबाइल पसलमा चोरी भएको छ ।
सदरमुकाम दिक्तेलको रत्नपार्कमा रहेको प्रबिण इलेक्ट्रोनिक्स सेन्टरबाट एक थान ल्यापटपसहित ८ थान मोबाइल सेट, नगद १२ हजार र ४५ थान टु जिबीको मेमोरी चोरी भएको हो ।
मंगलबार बिहान ३ बजे पशलको ताला फोडेर पशलबाट चोरी भएको इलेक्ट्रोनिक्स सेन्टरका प्रोपाइटर प्रकाश कार्कीले बताउनुभयो ।
चोरीमा संलग्नको पहिचान नभएको र घट्नाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसअघि पनि दिक्तेलकै एक मोवाइल पशलमा चोरी भएको थियो ।