जेठ–५, उदयमान गायकद्धय सागर राई ‘संसार’ र बालकृष्ण सुब्बाको ‘मनको आशा’ नामक आधुनिक गीति संग्रह बिमोचन भएको छ । 
बरिष्ठ संगीतकर्मी गोपाल योञ्जनको १६ औ स्मृतिसभाको अवसरमा ललितपुरमा राई र सुब्बाको युगल गीति संग्रह बिमोचन गरिएको हो । ललितपुरको सुम्निमा कल्चर एकेडेमिको कार्यालयमा आयोजित कार्यक्रममा दिप श्रेष्ठ र शान्तिराम राईले सामुहिकरुपमा एल्वम बिमोचन गर्नु भएको हो । ओपेरा म्युजिकले बजारमा ल्याएको एल्वममा पाँचवटा गीतहरु समावेश छन् । 
बमण्डल साम्पाङ, बिजय अस्मिन राई, बालकृष्ण सुव्बा र राजन लिम्बूको संगीत तथा राम बस्नेत, गोपालचन्द्र राई, मण्डल सामपाङ, राजन लिम्बू र यादन शेर्माको शव्द रहेको एल्बममा ‘धेरै बाच्नु छैन मलाई, कता कता देखे जस्तो, तर्कितर्कि, मनको कुरा र हिङलेमाल्ले’ बोलको गीत सुन्न सकिन्छ । 
एल्वमको बारेमा टिप्पणी गर्दै संगितकार शान्तिराम राईले एल्वमका गीतहरु परिपक्क र स्थापित कलाकारले गाएको आभास दिएको बताउनुभयो । दीप श्रेष्ठले सुब्बा र राईलाई पछिल्लो पुस्ताका सम्भावना बोकेका कलाकारको रुपमा लिएको टिप्पणी गर्नुभयो ।