जेठ १३ । जिल्लाका दुई विद्यार्थी संगठनले स्थानीय शान्ति समिति खोटाङका सचिव राजनीतिमा क्रियाशिल रहेको भन्दै तत्काल कारवाही गर्न जिल्ला प्रशासन समक्ष माग गरेको छ ।

जिल्लामा क्रियाशिल नेकपा एमाले निकट अनेरास्ववियु र नेकपा–माओवादी निकट अखिल क्रान्तिकारीले यस्तो माग गरेको हो ।

नेपाल सरकारको तलबभत्ता खाँदै आएका समितिका कार्यालय सचिव तेजकुमार श्रेष्ठ आफ्नो कार्यालयमा भन्दा विद्यार्थी राजनीतिमा क्रियाशिल रहेको भन्दै तत्काल कारबाही गर्न प्रशासनसक्ष माग गरिएको विद्यार्थीहरुले जनाएको छ ।

सरकारी कर्मचारी भएर आफ्नो कार्यालय समयमा समेत राजनीतिक क्रियाकलापमा बढि क्रियाशिल रहेको प्रशासनमा आईतबार बुझाइएको पत्रमा उल्लेख गरिएको छ । विज्ञप्तीमा भनिएको छ, ‘प्रशासनबाट कारवाही नभए समितिको कार्यालयमा समेत तालाबन्दी गर्नेछौं छ ।’

प्रशासनमा बुझाइएको ज्ञापनपत्रमा अनेरास्ववियु जिल्ला संयोजक मिलन राई र अखिल क्रान्तिकारीका जिल्ला संयोजक खगेन्द्र राईले हस्ताक्षर गर्नुभएको छ ।