जेठ–२२, चट्याङ लागेर खोटाङमा एक जनाको ज्यान गएको छ । छ जना घाइते भएका छन् । 
बुधबार दिउँसो भारी वर्षासँगै परेको चट्याङ लागेर खाल्ले–१ काँडेका १५ वर्षीया ईन्दीरा कट्वालको ज्यान गएको हो । चट्याङ लागेर गरिब घर परिवार पहिचानकालागि गणककारुपमा खटिएका दुई गणक सहित छ घाईते भएका छन् । 
अर्खौले–५ घर भइ जनसेवा समाज नेपाल जालपा खोटाङको सामाजिक परिचालककारुपमा कार्यरत अनिता राई, बाम्राङ–५ घर भइ जनसेवा समाजको स्थानीय सहजकर्ताकारुपमा कार्यरत मीला राई, बाम्राङ–७ का सुनिता हिङमाङ, जीरा हिङमाङ, उनकी तीन वर्षीया छोरी सरस्वति हिङमाङ र खार्मी–२ का ५७ वर्षीय खड्गबहादुर दर्जी घाईते भएका हुन् । 
बाम्राङमा गरिब घर परिवार पहिचानकालागि तथ्यांक संकलन गरिरहेको अवस्थामा सहजकर्ता अनिता र मीलालाई चट्याङ लागेको हो । यस्तै, बाम्राङस्थित आफन्तको घर गएको समयमा खड्गबहादुरलाई चट्याङ लागेको प्रहरीले जनाएको छ । 
घाइतेहरुको जिल्ला अस्पताल खोटाङमा उपचार भइरहेको छ । 
भारी वर्षा भइरहेको अवस्थामा शसस्त्र प्रहरी, जनपथ प्रहरी र नेपाली सेनाले घाइतेहरुलाई छाता, प्लाष्टिक ओढाएर अस्पतालमा पु¥याएका थिए ।