जेठ–२३, केटाकेटीले खेलाएको आगो सल्किएर खोटाङमा एक घर जलेर नष्ट भएको छ ।
भान्छा कोठाको आगो केटाकेटीले खेलाउँदा सल्किएको आगोले बासपानी–९ खोक्माका नौमनी राईको घर जलेर नष्ट भएको हो । 

आगलागीमा राईको अन्नपात, लत्ताकपडा, मालमत्ता सबै जलेर नष्ट भएको छिमेकी नारायण सामपाङले जानकारी दिनुभयो । 

आगलागीमा राईको दुई लाख बराबरको धनसम्पत्ती जलेर नष्ट भएको अनुमान गरिएको छ । घर जलेपछि राईको ७ जनाको परिवार बिस्थापित भएको राईले बताउनुभयो ।