जेठ–२६, जेठीको रहस्यमय मृत्यु भएको विषयलाई लिएर खोटाङमा प्रहरीले एक सुत्केरी अवस्थाका कान्छीलाई नियन्त्रणमा लिएको छ । 
बराहपोखरी–२ का गणेश विश्वकर्माको जेठी श्रीमती मीना विश्वकर्माको शंकास्पद मृत्यू भएकोमा २६ दिनकी सुत्केरी अवस्थाका कान्छी श्रीमती भोटी विश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिएको हो । 
डेढ वर्षअघि जेठी मिनाको रहस्यमय मृत्युको विषयमा छानबीनका लागि कान्छी भोटीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । जेठीको मृत्युका विषयमा शंका लागेपछि सोधपुछकालागि जिल्ला प्रहरी कार्यालय ल्याइएकी सुत्केरी बिश्वकर्मालाई हिरासतमा राख्न समस्या भएपछि ११ दिनदेखि महिला तथा बालबालिका पुर्नस्थापना केन्द्रको संरक्षणमा राखिएको छ । 
बालसेवा समाज नेपालद्धारा सञ्चालित पुर्नस्थापना केन्द्रमा राखिएकी सुत्केरी महिलाको स्वास्थ्य अवस्था नाजुक भएको र स्याहार–सुसारमा समस्य भएको समाजका अध्यक्ष दीपनारायण रिजालले बताउनुभयो । 
जेठी मीनाको सुतिरहेको अवस्थामा २०६८ साल असार–२९ गते रहस्यमय मृत्यु भएको थियो ।