जेठ–२७, भाइरल ज्वरोका कारण जिल्ला कारागार शाखा खोटाङका कैदीबन्दीहरु बिरामी परेका छन् । 
मौसम परिवर्तनसँगै ज्वरो आउने, झाडापखाला लाग्ने, रिङ्गटा लाग्नेजस्ता लक्षणका कारण कारागार शाखाका अधिकांश कैंदीबन्दीहरु बिरामी परेका हुन् । लगातारको वर्षाका कारण कारागारको बन्दीगृहमा चिसो उब्जिएकाले कैदीबन्दीहरु बिरामी परेको कारागार शाखाका जेलर चित्राखर आचार्यले बताउनुभयो । 
कारागारका ६६ कैदीबन्दीहरु मध्ये अधिकांश कैंदीहरु बिरामी पर्न थालेपछि उनीहरुको उपचारकालागि स्वास्थ्यकर्मी खटाइएको जिल्ला अस्पताल खोटाङका डाक्टर नवलकिशोर झाले बताउनुभयो । 
ि
बरामी कैदीबन्दीहरुमध्ये सरोज राई, मेवान राई, शंकरमणी राई र नविन तामाङ सिकिस्त रहेको उपचारमा संलग्न स्वास्थ्यकर्मी खगेन्द्र ढकालले बताउनुभयो । 
पिउने पानीको मुहानमा वर्षाको भलबाढी मिसिएका कारण पनि कैदीबन्दीहरुमा भाइरल ज्वरोको प्रकोप फैलिएको स्वास्थ्यकर्मीको भनाइ छ ।