जेठ–२९, कुलपूजा देवाली गर्न पुख्र्यौली घर खोटाङ आउँदै गर्दा जितबहादुर दाहालकोे बाटैमा मृत्यु भएको छ ।  
सुनसरीको तरहराबाट घर आउँदै गरेका दिक्तेल–८ सोल्माका ४० वर्षीय जितबहादुर दाहालको बाटोमै मृत्यु भएको हो । 
तरहराबाट सदरमुकाम दिक्तेलस्थित सोल्मा आउँदै गरेका दाहालको राजापानी–८ मा आईपुगेपछि मृत्यु भएको पारिवारिक श्रोतले जानकारी दिएको छ । तराईका जिल्लाहुँदै कोशी किनाराको बाटोबाट पुख्यौली घर आउँदै गरेका दाहालको एक्कासी बसेकै ठाउँमा मृत्यु भएको प्रहरीले जनाएको छ । 
घटनापश्चान दाहालका आफन्त उक्त स्थानपुगी लाशको सद्गद गरेको दाहालका परिवारले जनाएको छ । केहीदिनअघिदेखि बढेको अत्यधिक गर्मीमा शितल तापेर बसिरहेको अवस्थामा एक्कासी दाहालको मृत्यु भएकाले कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।