जेठ–३१, खोटाङको निर्मलीडाँडा–६ का निरुता राईले बारम्बार शारीरिक र मानसिक यातना दिने श्रीमानलाई कारबाहीको माग गर्नुभएको छ । 
पटक–पटक कुटपिट गर्दै घर निकाला गर्ने श्रीमान लालमान राईलाई कारबाही गर्न माग गर्दै निरुताले प्रहरी समक्ष उजुरी दिनु भएको छ । 
गत जेठ–२५ गते ज्यान मार्ने धम्की सहित घर निकाला गरेको भन्दै निरुताले कारबाहीकालागि श्रीमान लालमान बिरुद्ध उजुरी दिनु भएको प्रहरीले जनाएको छ ।
श्रीमान लालमानको कुटपिटबाट अंगभंग भएको र आँखामा चोट लागेको उहाँले प्रहरीलाई दिनु भएको उजुरीमा उल्लेख छ । श्रीमानको बारम्ब।रको ज्यादती सहन नसकेर ६ र ४ वर्षकी दुई छोरी र २ वर्षका छोरालाई घरमा छाडेर प्रहरी समक्ष उजुरी दिन सदरमुकाम आएको राईले बताउनु भयो ।