असार–२, खोटाङ सदरमुकाम दिक्तेलमा होटल तथा पशल खोलेको भन्दै तोडफोड गर्ने दुई जना बन्दकर्ता पक्राउ परेका छन् । 
जबरजस्ती होटल तथा पशल बन्द गराउँदै तोडफोडमा उत्रेका संघीय समाजबादी पार्टी खोटाङका सह–सचिव जितेन राई र नेकपा माओबादी निकट अनेरास्वबियु क्रान्तीकारीका जिल्ला सदस्य बबी राईलाई प्रहरीले पक्राउ गरेको हो । 
उनीहरुलाई सदरमुकाम दिक्तेलको त्रिबेणीचोकमा रहेको छबी होटल एण्ड लजमा तोडफोड गर्दै बन्द गराइरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । बन्द अवज्ञा गर्दै बजार तथा पशलहरु खुलाइए पनि जिल्लाको यातायात सेवा भने ठप्प छन् । यस्तै, शिक्षण संस्थाहरु पनि बन्द छन् । 
चुनावको मिति घोषणमा असन्तुष्टि जनाउँदै सरकार विरुद्ध आन्दोलन गरिरहेका नेकपा–माओवादी, संघीय लोकतान्त्रिक मोर्चा र संघिय समाजवादी सहितका ४२ दलले आज नेपाल बन्द गराएका छन् ।