असार–३, संघीय समाजबादी पार्टी खोटाङले दिक्तेलको हिलाम्मे सडकमा रोपाई गरेको छ । 
स्तरोन्नतीकालागि सरकारको ध्यान नपुग्दा सवारी गुड्ने सडक हिलाम्मे बनेको भन्दै संघीय समाजबादी पार्टीले मध्यपहाडी लोकमार्ग अन्तरगत खोटाङको दिक्तेल सडक खण्डमा सोमबार बिहान रोपाई गरेको हो । 
बिकास निर्माणकालागि आएका बजेट सरकारी ढिलासुस्ती तथा अनियमितताका कारण सही तरिकाले उपयोग हुन नसकीरहेको भन्दै हिलाम्मे सडकमा रोपाई गरेर प्रतिकात्मक बिरोध गरिएको संघीय समाजबादी पार्टी खोटाङका अध्यक्ष सुर्यबहादुर राईले बताउनु भयो । 
बिकास निर्माणका सवालमा सरकारको बेवास्ता र अल्छीपन हटाउनकालागि आग्रह स्वरुप प्रतिकात्मक बिरोध गरिएको अध्यक्ष राईले जानकारी दिनु भयो । 
सडकमा रोपाइ गरेर प्रतिकात्मक बिरोध गरेको संघीय समाजबादी पार्टीले जिल्लामा असार र साउन महिनाभर बृक्षारोपण अभियान सञ्चालन गर्ने घोषणा गरेको छ । बृक्षारोपण सँगसँगै कृषि क्षेत्रलाई प्रोत्साहित गर्न र उत्पादकत्व बृद्धि गर्नकालागि आफ्नो पार्टीले किसानको खेतबारीमा पुगेर खेतीपातीका काम गर्ने अध्यक्ष राईले जानकारी दिनु भयो ।