असार–३, बास्तुकलाका सामान निर्माणमा पुर्वाञ्चल प्रथम भएकामा खोटाङका भीमबहादुर बिश्वकर्मा पुरस्कृत भएका छन् । 
उदयपुरको गाइघाटमा गत जेठ–२५ गतेदेखि चार दिनसम्म सञ्चालन भएको बास्तुकला प्रदर्शनीमा पुर्वाञ्चलमै प्रथम स्थान प्राप्त गर्नुभएका दिक्तेल–१ का भीमबहादुर बिश्वकर्मा पुरस्कृत हुनुभएको हो । 
घरेलु तथा साना उद्योग बिकास समिति खोटाङले सोमबार २५ वर्षीय बिश्वकर्मालाई नगद पाँच हजारका साथमा पुरस्कृत गरेको छ । 
बाँसको जराका बिभिन्न किसिमका आकृति तथा घुंगारुको हाँगाबाट आकर्षक लठ्ठी बनाउँदै आउनुभएका बिश्वकर्मालाई थप प्रोत्साहित गर्नकालागि पुरस्कृत गरेको घरेलु तथा साना उद्योग बिकास समितिले जनाएको छ । 
बिश्वकर्माले तयार गर्नु भएका बाँसको जरा र घुंगारुका सामान चिनो तथा उपहार स्वरुप प्रयोग हुँदै आएको छ ।