असार–४, खोटाङमा सडक नाटक प्रदर्शन गर्दै हिँडेका रंगकर्मीमाथि हातपात गर्ने युवा पक्राउ परेका छन् । 
बैदेसिक रोजगार सम्वन्धी सडक नाटक प्रदर्शन गर्दै हिँडेका कलाकार रामकुमार राईमाथि हातपात गर्ने जालपा–३ का २५ वर्षीय भेषराज राई पक्राउ परेका हुन् । 
जालपामा सडक नाटक देखाएर बसिरहेको अवस्थामा कलाकार राईमाथि हातपात गरेको आरोपमा भेषराजलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 
सुरक्षित आप्रबासन परियोजना सूचना केन्द्रका कलाकारहरुले जिल्लाका बिभिन्न गाउँमा बैदेसिक रोजगार सम्वन्धी सडक नाटक प्रदर्शन गरिरहेका छन् ।