असार–१२, खोटाङको याम्खास्थित महेन्द्रोद्धय माबिको व्यवस्थापन समितिका अध्यक्षमा नेत्रकुमार राई निर्वाचित हुनुभएको छ । 
मंगलबार भएको निर्वाचनमा निकटतम प्रतिद्धन्द्धी राजन मुग्रातीलाई चार मतको अन्तरले पछि पार्दै राई व्यवस्थापन समितिको अध्यक्षमा निर्वाचित हुनुभएको हो । 
सहमतीय प्रयास असफल भएपछि भएको चुनावमा नेत्रकुमारले ९३ र राजनले ८९ मत प्राप्त गर्नुभएको शिक्षीका सर्मिष्टा राईले जानकारी दिनु भयो । 
निर्वाचनबाट बीना मगर, भूमीराज राई र नैनबहादुर अधिकारी विद्यालयको व्यवस्थापन समितिको सदस्यमा निर्वाचित हुनुभएको छ । नेत्रकुमारले कांग्रेस र राजनले एमाओबादी, एमाले र नेकपाको तर्फबाट उम्मेदवारी दिनु भएको थियो ।