
असार–१२,खोटाङमा अबैध लागू औषध गाँजा तथा चरेस सहित एक युवा पक्राउ परेका छन् ।
सात सय ग्राम गाँजा तथा नौ ग्राम चरेशसहित पाथेका–४ का १७ वर्षीय अजय राई पक्राउ परेका हुन् ।
रातो रंगको जेब्रा झोलामा अबैध लागू औषध बोकेर पाथेकातर्फ जाँदै गरेको अवस्थामा प्रहरीले राईलाई सदरमुकाम दिक्तेल–८ बाट पक्राउ गरेको हो ।
शंका लागेपछि गरिएको चेकजाँचकाक्रममा राईलाई चरेश र गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
खोटाङमा लागू औषधसहित पक्राउ गरिएको घट्ना पहिलो भएको प्रहरीको दाबी छ । उनलाई पनि प्रहरीले गिरी दम्पत्तीको हत्यामा संलग्न युवाहरुसँगै सार्वजनिक गरेको छ ।