असार–१३, खोटाङमा अझैपनि कक्षा १० को गेसपेपर बिक्रीबितरण भइरहेको भेटिएको छ । 
एसएलसिको पूरक परिक्षा नजिकीदै गर्दा खोटाङ सदरमुकाम दिक्तेलका पुस्तक पशलहरुबाट लुकीछिपी कक्षा १० को गेसपेपरहरु बिक्री भइरहेको भेटिएको हो । 
नेपाल सरकार तथा शिक्षा मन्त्रालयले लगाएको रोकका बाबजुद पनि सदरमुकाम दिक्तेलस्थित पुर्वाञ्चल बुक एण्ड स्टेशनरी तथा न्यू पुजा पुस्तक पसलबाट गेसपेपर बिक्री भइरहेको विद्यार्थीहरुको भनाई छ । 
पुस्तक पशलबाट आफुले चाहेको कक्षा १० को गेसपेपरहरु किनेर लैजाने गरिएको उनीहरु बताउँछन् । यद्यपी, बिक्रेताहरुले भने कक्षा १२ सम्मका गेसपेपर बिक्री नगरेको दाबी गरेका छन् । 
अनुगमन नगरिएका कारण वजारमा छिटफुटरुपमा गेसपेपर बिक्री भइरहेको हुन सक्ने जिल्ला शिक्षा कार्यालयले जनाएको छ । एसएलसि पुरक परिक्षा आगामी साउन २० गतेदेखि शुरु हुदैछ ।