असार–१९, ठेकेदारको ढिलासुस्तीका कारण खोटाङका १३ गाबिसका किसानले यसपल्टको रासायनिक मल पाएका छैनन् । 
मल ल्याउने ठेक्का लिएको ठेकेदारले समयमा मल नपु¥याउँदा सावाखोला पारीका १३ गाबिसका किसानले गत जेठभित्र पाउनुपर्ने रासायनिक मल अहिलेसम्म नपाएका हुन् । चिसापानीस्थित ईलाका कृषि विकास कार्यालयमा गत जेठ मसान्तभित्र पुग्नुपर्ने रासायनिक मल ठेकेदार कर्णबहादर खत्रीको लापरवाहीका कारण अहिलेसम्म नपुगेको स्थानीय कृषक उत्तम चौलागाईले बताउनु भयो । 
सावाखोला पारीका गाबिसकालागि ९० बोरा यूरिय मल ल्याउने ठेक्का लिएको ठेकेदार खत्री हाल सम्पर्क बिहिन बनेको किसानहरुको भनाई छ । किसानहरु भने मलको पर्खाइमा ईलाका कृषि विकास कार्यालय धाइरहेका चौलागाईले जानकारी दिनु भयो । 
माग गरिएअनुशारको मात्रामा मल नआएपछि जिल्लामा यस पल्ट यूरिया, डिएपी र पोटास मलको अभाव भएको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष १७४ मेट्रिक टन घटेर आएपछि यस वर्ष जिल्लामा रासायनिक मलको अभाव भएको जिल्ला कृषि बिकास कार्यालय खोटाङका प्राबिधिक सहायक फुलकुमार यादवले बताउनु भयो । 
पाँच सय मेट्रीक टनभन्दा बढि मलको माग रहेको जिल्लामा आर्थिक वर्ष २०६९/०७० कालागि छुट्टिएको ९१ मेट्रिक टनमध्ये अहिलेसम्म ७४ मेट्रिक टनमात्र मल भित्रिएको छ । 
माग गरेभन्दा कम र समयमा रासायनिक मल नपाएपछि जिल्लाका किसानहरु भने मारमा परेका छन् । गहुँ, मकै, धान लगायतका बर्षे बालीनालीमा मल लगाउनकालागि मल नपाएको याम्खा–१ का दिपबहादुर राईले बताउनु भयो ।